विरगञ्जमा प्रहरीले बरामद गर्‍यो २२ किलो सुन

विरगञ्जमा प्रहरीले बरामद गर्‍यो २२ किलो सुन

gold

वीरगञ्ज महानगरपालिका–५ रेशमकोटीबाट प्रहरीले शनिबार २२ किलो ५७६ ग्राम सुन बरामद गरेको हो।  रेशमकोटीस्थित श्रीगणेश अपार्टमेन्टको तेस्रो तलाको कोठा नम्बर ३०३ बाट उक्त सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सो कोठामा सुनचाँदी लुकाइराखेको सूचनाका आधारमा पर्साका एसपी गंगा पन्तको कमान्डमा खटिएको टोलीले उक्त सुन बरामद गरेको हो। उक्त कोठा भारतको पूर्वी चम्मपारण हरैयाका अशोक सिन्हाको भएको पाइएको छ। सिन्हा भने फरार छन्।

सुनका बिस्कुट १ किलोका दरका १३ वटा र अरु साना पिस २२ किलो ५७६ ग्राम सुन बरामद भएको हो। त्यस्तै सुनका विभिन्न गरगहाना ६८१ ग्राम र चाँदीका गरगहना र भाँडा गरेर २ किलो २६२ ग्राम बरामद भएको छ।

फरार सिन्हाको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ