कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सञ्चालन हुने

कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सञ्चालन हुने

rastriya parichhya board

कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट सञ्चालन गर्ने जानकारी दिएको हुन् ।

बोर्डले बिहान ८ बजेबाट साढे ९ बजेसम्म सञ्चालन हुने परीक्षा सम्बन्धी समय तालिका समेत आज सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको जानकारी दिँदै भने, “छठ लगत्तै परीक्षा सञ्चालन गरिनेछ ।” परीक्षाका लागि विभिन्न तीन विधिलाई अपनाइने भएको छ । उनका अनुसार ४० प्रतिशतका लागि छोटो परीक्षा सञ्चालन गरिने, ४० प्रतिशत कक्षा ११ कै मूल्याङ्कनलाई गणना गरिने र २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनलाई समावेश गरिनेछ ।

शनिबार समेत सञ्चालन गरिने परीक्षाका लागि बोर्डका अनुसार सामाजिक दुरी तथा स्वास्थ्य मापदण्ड अपनाइने छ । यस अगाडि वैशाख ८ गतेबाट सञ्चालन हुने भनिएको परीक्षा कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको थियो । शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ