पोखरामा कपडा धुन गएकी महिला मृत अवस्थामा फेला

पोखरामा कपडा धुन गएकी महिला मृत अवस्थामा फेला

death body

पोखरा – पोखरामा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

पोखरा महानगरपालिका वडा नं – २१  मट्टिखान घर भइ हाल पोखरा – १७ घारीपाटन बस्ने अन्दाजी ४५ वर्षीया पार्वती वि.क सोही स्थानमा रहेको तितेपानी भन्ने स्थानको नहरकुलोमा डुबेको अवस्थामा उनको शव फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार महिला उक्त नहरकुलोमा कपडा धुन गएको बुझिएको छ ।  घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ