वडादशैंको सातौं दिन, शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

वडादशैंको सातौं दिन, शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

fulpati

काठमाण्डौ -आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।

आजको दिन दिनभरी नै शुभसाइत मानिने भएकाले छुट्टै शुभसाइतको आवश्यक नपर्ने ज्योतिषीय मान्यता रहेको छ । काठमाडौंको हनुमान ढोकामा आज दिउँसो फूलपाती भित्र्याइदै छ ।

गोरखाबाट ल्याइने फूलपाती धादिङको जीवनपुरसम्म ६ जना मगर समुदायले ल्याउने र जीवनपुरदेखि ६ जना ब्राह्मण समुदायले काठमाडौंसम्म ल्याउने परम्परा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ