नगद ३ लाख सहित पोखराको चापापानीबाट जुवातास खेलिरहेका ६ जना पक्राउ

नगद ३ लाख सहित पोखराको चापापानीबाट जुवातास खेलिरहेका ६ जना पक्राउ

juwa-tas

सांकेतिक तस्विर

पोखरा – जुवातास खेलिरहेका ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-१२ चापापानीस्थित २० वर्षीय नवीन गौचनको घरमा जुवातास खेलिरहेका गौचन लगायत ६ जनालाई राति प्रहरीले पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जुवातास खेलिरहेका उनीहरुलाई नगद ३ लाख २३ हजार ५ सय ९० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ