पोखरा – गण्डकी प्रदेश प्रहरी कार्यालय तथा अञ्चल सशस्त्र प्रहरी गुल्म पोखराले परम्परागत रुपमा मनाउँदै आएको महानवमीको अवसरमा मौलो पूजा कार्यक्रम सम्पन्न गरेको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले एक कार्यक्रमका बीच मौलामा पूजा गर्नुका साथै संकल्प पूजा आरधाना गरे । अर्यालले कुविन्डो, वलि पूजाको साथै विभिन्न हातहतियारको समेत पूजा गरेका थिए । प्रहरीको एक टुकुडीले चारै दिशामा रहेका विभिन्न शक्तिपिठ एवम् देवि देवताहरुलाई शलामी अर्पण समेत गरेको थियो ।

कार्यक्रममा विजया दशमीको शुभकामना व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले नेपाल प्रहरी संगठनका सदस्य एवं परिवारजनमा सुख, शान्ति र समृद्धिको कामना समेत गरे । साथै उनले उक्त पूजाका बिभिन्न बिधामा कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई शिरमा पगडी बांधिदिनुका साथै नगद पुरस्कारले समेत पुरस्कृत गरेका थिए ।

कार्यक्रम कै अवसरमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, संघिय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सी, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा, लगायत सिनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरुद्वारा सयुंक्त रुपमा फुलपाती सहित भगवती मन्दिरको परिक्रमा समेत गरिएको थियो ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा