छोराको कुटपिटबाट ६० वर्षीया आमाको हत्या

छोराको कुटपिटबाट ६० वर्षीया आमाको हत्या

Kutpit-Saptary-e1521535426425

कञ्चनपुर – कंचनपुरमा एक व्यक्तिले आफ्नै आमाको हत्या गरेका छन् ।

जिल्लाको पुनर्वास नगरपालिका-३ सुकुमबासी टोल बस्ने ३० वर्षीय पप्पु बादीले आफ्नै आमा ६० वर्षीया पार्वती बादीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।

प्रहरीका अनुसार घरायसी बिबादको क्रममा छोराको कुटपिटबाट गम्भीर घाइते भएकी पार्वतीको स्थानीय पुनर्वास पोलिक्लिनिक हुँदै सेती प्रादेशिक अस्पातल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले कुटपिट गर्ने पप्पुलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ