काठमाण्डौ – नेपालीहरुको महान पर्व विजयादशमीको मुख्य दिन आज । आज भगवान् दुर्गापक्षको मुख्य दिन । आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर कोरोना कहरकाबिचमा पनि दशैँ पर्व देशभर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।
विजयादशमीको टीकाको शुभसाइत बिहान १० बजेर १९ मिनेटमा जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । अध्यक्ष गौतमका अनुसार टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्नेछ भने चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुनेछ ।
मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ । तर यो वर्ष कोरोना कहरका कारण सामाजिक दुरी कायम गर्दै कम भिडभाड गरेर यो महान पर्व मनाउनका लागि सरकारले नागरिकलाई अपिल गरेको छ ।
सम्बन्धित खबर
पृथ्वी राजमार्गको मझिमटार खण्ड तीन घण्टा बन्द हुने
पत्रकार पक्राउ प्रकरणमा दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन
वर्षा रोकिएसँगै देशभरको मौसममा क्रमिक सुधार
बालेनलाई तनुजाको कटाक्षः देशलाई नै लुडो बनाइसक्नुभयो, अब यसको श्रेय पनि आफैँ लिनुहोस्
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते