बैंकको एटिएम तोडफोड गर्न खोज्ने पर्साका युवक दमौलीबाट लागुऔषधसहित पक्राउ

बैंकको एटिएम तोडफोड गर्न खोज्ने पर्साका युवक दमौलीबाट लागुऔषधसहित पक्राउ

atm-nepal

तनहुँ । तनहुँको व्यास नगरपालिका-४ ट्राफिक चोकस्थित पृथ्वी राजमार्ग सडक किनारामा रहेको माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गर्न खोज्ने एक व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका-२ रंगपुरटाढीका १९ वर्षीय किरण बानिया रहेको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी गराएका छन् ।

‘एटिएम बक्स तोडफोड गरी पैसा लुट्ने योजनाको साथ एटिएमको पिनहरु स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको हो’ उनले भने, ‘पछि युवकको शरिर खानतलासी लिंदा उसले बोकेको झोला भित्र नाइट्राजिपामको १३५ ट्याब्लेट लागुऔषध बरामद भएको हो ।’

साथै उनले प्रयोग गरेको ग ११ प ९९६५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिई थप अनुसन्धन भैरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ