तनहुँका ७० वर्षीय कोरोना संक्रमित वृद्धको चरक अस्पताल पोखरामा मृत्यु

तनहुँका ७० वर्षीय कोरोना संक्रमित वृद्धको चरक अस्पताल पोखरामा मृत्यु

charak hospital New

तनहुँ । तनहुँका थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।जिल्लाको व्यास नगरपालिकाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशानालय गण्डकीले जनाएको छ ।

व्यास-४ का ७० वर्षिय कोरोना संक्रमित वृद्धको उपचारको क्रममा चारक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

कात्तिक १९ गते बुधबार दिउँसो १०:४५ बजे संकर्मित वृद्धको मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनमा गत १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कहाँ कति मृत्यु ?

तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । तनहुँको व्यास नगरपालिकामा ६ जना, भिमाद नगरपालिकामा ३ जना, आँबुखैरेनी गाउँपालिकामा २ जना, शुक्लागण्डकी नगरपालिकामा १ र म्याग्दे गाउँपालिकामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds