तनहुँ । कोरोन संक्रमितको संख्या बढ्न थालेपछि तनहुँको शुक्लागण्डकी नगरपकालिका क्षेत्र पुन: बन्द हुने भएका छन् ।
नगर कार्यपालिकाको बुधबार बसेको बैठकले महामारी न्यूनिकरण गर्नका लागि बजार क्षेत्र पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रबक्ता खिमबहादुर कुमालले बजार नगर क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या तिव्र रुपमा बढ्न थालेपछि स्थानीयहरुको माग अनुसार बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
नगरक्षेत्र बुधबार राति १२ बजेदेखि लागु हुनु गरि आगामी २५ गतेसम्म नगरका बजार क्षेत्र पुर्ण रुपमा बन्द हुने नगरपालिका जनाएको छ । अत्यावश्यक सेवा बाहेक सवै सेवाहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।
शैक्षिक संस्थाहरु पुर्णरुपमा बन्द हुने भएता पनि कक्षा ११ को परिक्षा भने नरोकिने भएको छ । यस्तै बैक तथा वित्तीय सस्थाबाट प्रदान गरिने सम्पूर्ण सेवा समेत बन्दाबन्दीको समयमा प्रभावित हुने भएको छ ।
यस्तै स्थानीय स्तरमा चल्ने यातायातको सेवाहरुमा समेत रोक लगाइने प्रबक्ता कुमालले बताए ।
नगरपालिकाका १ सय ४६ जना संक्रमित रहेका छन् भने ३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । दशै पश्चात होम आइसोलेसनमा बस्नेहरुबाट लापरवाही हुदाँ संक्रमण फैलिएको उनले बताए ।

सम्बन्धित खबर
स्याङ्जा–१ मा रास्वपाका डा. धनञ्जय रेग्मीको फराकिलो जित
स्याङ्जा–१ मा रास्वपाका रेग्मीको अग्रता, ढकालसँग ५७४ मतको दूरी
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला