नेपालले बङ्गलादेशलाई गोलरहित बराबरीमा रोकेपनि उपाधि घरेलु टिमलाई

नेपालले बङ्गलादेशलाई गोलरहित बराबरीमा रोकेपनि उपाधि घरेलु टिमलाई

nepal-bangladesh

काठमाण्डौ – नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ ।

बङ्गलादेशको बङ्गबन्धु रङ्गशाला ढाकामा भएको मैत्रीपूर्ण दोस्रो खेल गोलरहित बराबरीमा सकिएको हो । मुजिब बर्सो फिफा इन्टरनेशनल सिरिज अन्तर्गत कात्तिक २८ गते भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलले पराजित भएको थियो । तर आज मंगलवार भएको दोस्रो खेलमा भने दुवै टोलीले कुनै गोल गर्न सकेनन् ।

दोस्रो खेलमा नेपालले आयोजक बङ्गलादेशलाई गोलरहित बराबरीमा रोके पनि पहिलो खेलमा २–० ले पराजित भएका कारण सिरिज भने १–० ले गुमाएको छ ।

बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा भएको दोस्रो खेलमा दुवै टिमले केहि गोलका अवसरहरु खेर फालेका थिए । बंगलादेशका सुमोन रेजा र सोएल राना तथा नेपालका अनन्त तामाङ, अन्जन विष्टले अवसर पाए पनि गोल गर्न सकेनन् । कोरोनाका कारण ८ महिनादेखि ठप्प घरेलु खेलकुद गतिविधिलाई चलायमान बनाउने प्रक्रियाको पहिलो चरणका रुपमा नेपाली राष्ट्यिर फुटबल टोलीले बंगलदेशको राष्ट्रिय टोलीसँग २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको शृंखला खेलेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ