तनहुँ । तनहुँको मानहुँकोटमा माइक्रो हायस दुर्घटना भएको छ ।
दुर्घटनामा परी उक्त हायसमा सवार एक युवतीको मृत्यु भएको छ भने घटनामा अन्य ८ जना घाइते भएका छन् ।
पोखराबाट तनहुँको व्यास-५ स्थित मानहुँकोट जाँदै गरेको ग १ ख २९४२ नम्बरको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीय सुनिता गुरुङको मृत्यु भएको हो ।
गुरुङको दमौली स्थित रत्नहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखराबाट मानहुँकोट भ्रमणका लागि गएको हायस उकालोमा आफै ब्याक भएर सडकबाट अन्दाजी ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले गण्डक न्युजलाई जानकारी दिए ।
प्रनाउ तिमिल्सिनाका अनुसार हाइसमा १५ जना सवार रहेपनि गाडी ब्याक हुन थालेपछि अन्य केही गाडीबाट झरेको र झर्न नभ्याएका ९ जना मध्ये एकको मृत्यु भएको हो ।
घाइते २ जनाको अवस्था मध्यम रहेपनि अरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ प्रनाउ तिमिल्सिनाले जानकारी दिए ।
घाइतेको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार भैरहेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ