स्याङ्जाकी महिलाको फेसबुक मार्फत १० लाख २८ हजार ठगी गर्ने पाण्डे पक्राउ

स्याङ्जाकी महिलाको फेसबुक मार्फत १० लाख २८ हजार ठगी गर्ने पाण्डे पक्राउ

police-arrest

सांकेतिक तस्विर

स्याङ्जा – फेसबुक मार्फत विभिन्न बहाना बनाई रकम ठगेको अभियोगका स्याङ्गजा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं -४ बस्ने २७ वर्षीय रुपचन्द्र पाण्डे रहेका छन् ।

प्रहरीका अनुसार फेसबुक मार्फत साथी बनाएकी ती महिलालाई विश्वासमा पारी समस्या देखाएर १० लाख २८ हजार ७ सय रुपैयाँ ठगी गरेको अभियोगमा पाण्डेलाई शुक्रबार प्रक्राउ गरेको हो ।

पाण्डेले ती महिलासंग आफुलाई ठूलो समस्या परेको, ब्राजिलमा रहेका परिवार गम्भीर बिरामी रहेको भनि तुरुन्त फिर्ता गर्ने भन्दै पटक – पटक गरेर उक्त परिमाणमा रकम ठगेका थिए । महिलाले आफु ठगिएको भन्ने चाल पाएपछि प्रहरीमा उजूरी दिएपश्चात घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले पाण्डेलाई बाँकेको नेपालगंजबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्धामा जिल्ला अदालत स्याङ्गजाबाट सात दिनको म्याद थप अनुमती लिएर थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ