अवैध गाँजा सहित पोखराको नहरचोकबाट तीनजना पक्राउ

अवैध गाँजा सहित पोखराको नहरचोकबाट तीनजना पक्राउ

laagu-aaushadh

पोखरा – कास्की प्रहरीले अवैध गाँजा सहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका -३१ किमबेशी बस्ने २६ वर्षीय जीबन भुजेल, कास्की रुपा गाउँपालिका -७ स्याक्लुङ बस्ने २६ वर्षीय रुबिन गुरुङ र पोखरा -३१ लामागाउँ बस्ने १७ वर्षीय एक किशोर रहेका छन् ।

प्रहरीका अनुसार अवैध गाँजाको बेचबिखन तथा कारोवार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की मातहतको ईलाका प्रहरी कार्यालय हंशपुरको मुकाम शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीको टोलीले बुधबार अपराह्न्न ४ :३० बजेको समयमा पोखरा -३१ नहरचोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुबाट प्रहरीले झोला भित्र लुकाई राखेको अवस्थामा अवैध गाँजा १ किलो १ सय ग्राम, मोवाइल दुई थान र नगद तीन हजार सात सय वरामद गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।

हाल प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि लागुऔषध कसूर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ