बैतडी – बलात्कारको घटनालाई १ तोला सुनमा मिलापत्र गराउने कार्यमा संग्लग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिगास गाउँपालिका-३ बस्ने सोही वडाका वडा अध्यक्ष ४५ वर्षीय शेर सिंह साउद, सोही ठाउँ बस्ने ४० वर्षीय मनोज सिंह धामी, ४० वर्षीय अमर सिंह धामी, सोही गाउँपालिका-३ मैनोला बस्ने ३२ वर्षीय राजेन्द्र सिंह धामी, सोही गाउँपालिका-३ ढुम गाउँ बस्ने ३५ वर्षीय नरेन्द्र भन्ने नर बहादुर धामी र ३१ वर्षीय पुरुष रहेका छन् ।
गत जेठ २३ गते बिहान सिगास गाउँपालिका -३ बस्ने १८ वर्षीया युवतीलाई सोही स्थानका २१ वर्षीय दिपक सिंह धामीले जबर्जस्ती करणी गरेकोमा उक्त घटनाबारे गत असारमा वडा अध्यक्ष साउदलाई जानकारी गराउँदा यो कुरा घरमै मिलाउनु पर्छ भन्दै वडा अध्यक्षकै सक्रियतामा युवतीलाई प्रलोभनमा पारी १ तोला सुनमा कागजी मिलापत्र गराउने प्रयास भएको थियो ।
मिलापत्र गराउने कार्यमा संग्लग्न ६ जना पक्राउ परेपनि घटनाका मुख्य आरोपी दिपक सिंह धामी भने फरार छन् । उनको खोजीकार्य भइरहेको छ भने, घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सम्बन्धित खबर
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो