पोखराको चाउथेमा मोटरसाइकल दुर्घटना, एक युवक घाइते

पोखराको चाउथेमा मोटरसाइकल दुर्घटना, एक युवक घाइते

accidentt

पोखरा – आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवक घाइते भएका छन् ।

पोखरा महानगरपालिका -१४ चाउथेस्थित ओरालोमा ग ४ प ५६४८ नंवरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिंदा पोखरा -२१ राम्दी बस्ने अन्दाजी २० -२१ वर्षीय विजय नेपाली घाइते भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

हाल घाइते नेपालीको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ