बुल्दी पुल उद्घाटन गर्न जाने क्रममा झडप, अश्रुग्याँस प्रहार, वरिष्ठ नेता पाैडेललाई प्रहरीले राेक्याे

बुल्दी पुल उद्घाटन गर्न जाने क्रममा झडप, अश्रुग्याँस प्रहार, वरिष्ठ नेता पाैडेललाई प्रहरीले राेक्याे

128660559 (2)

तनहुँको व्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर १० जोड्ने बुल्दि खोला माथि निर्मित पुलको उद्घाटनको विषयलाई लिएर सत्तापक्ष नेकपा र प्रतिपक्षी काँग्रेसबीचको विवाद उत्कर्षमा पुगेको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेकोमा नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल, तनहुँले अहिलेसम्म अवरोध गरेको छ ।

युवाहरुको टोलीले नेता पौडेललाई अवरोध गर्ने क्रममा प्रहरीले अश्रुग्याँस नै प्रहार गरेको छ । यसअघि नै तनहुँ प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरिसकेको छ ।

अहिले नेता पौडेललाई प्रहरीले रोकेर राखेको अवस्था छ । पृथ्वीराजमार्गमा सवारी आवागमनमा अवरोध भएको छ । प्रहरीले भिड तितरवितर पार्ने क्रममा अश्रुग्याँस प्रहार गरेको छ ।

सम्बन्धित समाचारः

बुल्दी पुल उद्घाटन प्रकरण: युवा संघको विरोध, तनहुँ प्रशासनद्वारा निषेधाज्ञा जारी [फोटो फिचर]

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ