पोखरा – सुख्खा याम सुरु भएसँगै पोखराको बजार क्षेत्रमा खानेपानी चोरी गर्नेको संख्या बढेको छ । खानेपानी संस्थानले वितरण गर्दै आएको पानीको धारामा जडान भएको मिटर झिकेर पानी चोरी गर्नेको संख्या बढेको हो ।
खानेपानी संस्थानले जडान गरेको मिटर झिकेर विद्युतीय पम्पको माध्यमबाट चोरी गर्नेको संख्या बढेको संस्थानले उल्लेख गरेको छ । मंगलबार पोखरा १७ माथिल्लो बेलघारीमा संस्थानको अनुगमन टोलीले ५ उपभोक्ताको घरबाट पम्प जफत गरेको वितरण शाखाका प्रमुख लक्ष्मण पाण्डेले जनाएका छन् ।
संस्थानले वितरण गरेको समयमा पर्याप्त पानी नपुग्ने केही उपभोक्ताको गुनासो छ । छिमेकीले पम्प लगाइदिएपछि थोपो पानी नझर्ने गुनासो संस्थानमा आउन थालेपछि अनुगमनलाई तीब्रता दिएको हो । खानेपानी संस्थानको पानी उत्पादन क्षमता हिउँद याममा घटेसँगै मोटर जडान गरेर पानी चोर्नेको संख्या वर्षेनी बढेको अनुमान गर्न सकिने संस्थान स्रोतले बताएको छ । खानेपानीको मिटर झिकेर मोटरको माध्यमबाट पानी तान्नु अपराध भएपनि उपभोक्ता सजग नहुँदा समस्या परेको कार्यालय प्रमुख इन्जिनियर आशिष कार्की बताउँछन् ।
कार्कीले कानुन विपरीत काम नगर्न उपभोक्तालाई अनुरोधसमेत गरे । उनले अनुगमन टोली खटाएर पानी चोरी नियन्त्रणमा लिने बताए । ४५ हजार धारामा केही उपभोक्तामात्र सचेत बन्न नसकेको कार्कीको अनुमान छ ।
अन्य सहरमा यस्तो समस्या संस्थानले भोग्नु नपरेको स्मरण गर्दै पोखरेली उपभोक्ताले यस्तो क्रियाकलाप नगर्ने उनको धारणा छ । उनले चोरीको प्रकृति हेरी संस्थानको नियम अनुसार जरिवाना लाग्ने बताए ।
चुहावट नियन्त्रण गर्न गठित अनुगमन टोलीले छोरेपाटन, बेलघारी, बिरौटा, हिमाली टोल, चाउथे र विन्ध्यवासिनी क्षेत्र अन्तर्गत सिम्पानी, अधिकारी टोल, हमाली टोल, नदीपुर लगायत क्षेत्रमा नियमित अनुगमन गरिने कार्यालयले जनाएको छ । संस्थानले पोखराको विभिन्न क्षेत्रमा अनुगमनलाई तीब्रता दिई उपभोक्ता हितमा लाग्ने योजना बनाएको कार्यालय प्रमुख कार्कीले उल्लेख गरेका छन् ।
उपभोक्ताको गुनासोलाई ध्यान दिँदै नेपाल खानेपानी संस्थान पोखरा शाखाले कार्यालय समय अतिरिक्तसमेत अनुगमन गर्ने जनाएको छ । यता उपभोक्तालाई स्वच्छ पिउने पानी वितरण गर्ने जापानिज सहयोग संस्था जाइकाले सुृरु गरेको मर्दी मुहान ट्रिटमेन्ट प्लन्ट अन्तर्गत ३० प्रतिशत काम सम्पन्न भएको कार्यालय प्रमुख कार्कीले बताएका छन् ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा