काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी माघ पहिलो साता देखी स्नातक तहको तेस्रो तथा स्नातकोत्तर तहको पहिलो वर्षको परीक्षा संचालन गर्ने भएको छ ।
चैतमा स्थगित गरिएको सेमेस्टर प्रणालीको परीक्षा गत आइतबार देखि संचालन गरेको त्रिविले सो सकिए लगत्तै वार्षिक परीक्षा संचालन गर्न लागेको हो । माघको पहिलो साता स्नातकोत्तर तहको पहिलो बर्षको तथा दोस्रो साताबाट स्नातक तहको तेस्रो वर्षको परीक्षा संचालन गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
भौतिक उपस्थितीमा संचालन गरिने परीक्षाका लागि १ लाख ५० हजार परिक्षार्थी छन् । प्रत्येक सेमेष्टर वा वार्षिक परीक्षा सम्पन्न भएको ४ महिना भित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको परीक्षा नियन्त्रक जोशीले बताए ।
यस्तै, आगामी सोमबार त्रिविले दिक्षान्त समारोहको आयोजना गर्ने भएको छ । कोरोना संक्रमण जोखिमका कारण त्रिविले विद्यावारिधी, एमफील र दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाई मात्र समारोहमा सहभागी गराउने भएको छ ।
सम्बन्धित खबर
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न सर्वोच्चको आदेश
कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैद
आजदेखि कक्षा १२ को परीक्षा, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
आजको मौसम पूर्वानुमान
डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
विदेश पठाउने भन्दै पीडितहरू बाट ४० लाख बढी ठगी, २ पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग