स्याङ्जाको हरिनासमा कोदालो प्रहारबाट १४ वर्षीय किशोरको हत्या

स्याङ्जाको हरिनासमा कोदालो प्रहारबाट १४ वर्षीय किशोरको हत्या

crime murder

स्याङ्गजा – कोदालोले हिर्काएर शनिबार स्याङ्गजामा एक किशोरको हत्या भएको छ ।

जिल्लाको हरिनास गाउँपालिका वडा नं -५ आईडाँडा स्थित ३६ वर्षीय रेशम रानाको कोदालो प्रहारबाट १४ वर्षीय किशोर शेरबहादुर थापाको घटनास्थलमै मृत्यु भएको स्याङ्गजा प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले गण्डक न्युजलाई जानकारी दिए ।

“घटनाको जानकारी लगत्तै ईलाका प्रहरी कार्यालय चिसापानीबाट इन्स्पेक्टर सहितको टोली घटनास्थल तर्फ जाँदै छ, अहिलेलाई अभियुक्त र मृतकको नाम मात्र खुलेको छ । विस्तृत विवरण प्रहरी पुगेपछि खुल्ला अधिकारीले भने ।”

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ