आज यस वर्षको सबैभन्दा छोटो दिनको प्रायजसो वर्षको सबैभन्दा छोटो दिन डिसेम्बर २२ मा पर्ने गर्छ भने कहिले कहीँ डिसेम्बर २१ मा पनि पर्ने गर्छ। यो वर्ष २१ डिसेम्बरमा सबैभन्दा छोटो दिन परेको छ। यसअघि २०१७ मा पनि सबैभन्दा छोटो दिन २१ डिसेम्बरमा परेको थियो।
यस दिनलाई इस्वी संवतको पात्रो अनुसार ‘विन्टर सोल्स्टिस’ भन्ने गरिएको छ। सबै भन्दा लामो दिन भएको जुन २१ को दिनलाई ‘समर सोल्स्टिस’ भनिन्छ।
वैज्ञानिकहरुका अनुसार सौर्य मण्डलमा चक्कर लगाइरहेन पृथ्वी केही झुकेको छ। पृथ्वीले अण्डाकार कक्षमा सूर्यको फन्को लगाउँछ। यस क्रममा पृथ्वीको कुन गोलार्द्ध सूर्यको दिशामा झुकेको छ वा सूर्यको विपरित दिशामा झुकेको छ भन्ने कुराले चिसो मौसम र गर्मी मौसमको निर्धारण गरेको हुन्छ। यसैगरी सूर्यको पृथ्वीको कुनै भू–भागमा सूर्यको प्रकाश थोरै समयसम्म रहने र कुनै भू–भागमा धेरै समयसम्म रहने हुँदा। दिन छोटो या लामो हुन्छ।
के पृथ्वीभर आज छोटो दिन हो ?
आज यस वर्षकै छोटो दिन पूरा पृथ्वीभरि भने होइन। पृथ्वीको उत्तरी गोलार्द्धमा रहेका भू–भागमा मात्रै आज वर्षकै छोटो दिन हो। पृथ्वीको दक्षिणी गोलार्द्धमा रहेका मुलुकमा आज वर्षकै सबैभन्दा लामो दिन हो। यस्ता मुलुकहरुमा दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्याण्ड लगायत पर्छन्।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण