प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सुरु, माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव

prachanda-madhav-nepal-cc-meet

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड– माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा स्थायी कमिटीको बैठक सकिएलगत्तै केन्द्रीय कमिटीको बैठक बसेको हो ।

स्थायी कमिटीको बैठकले माधवकुमार नेपाललाई पनि पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको छ । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकका विभिन्न ९ एजेण्डा तय भएको छ ।

राजधानीको कार्की ब्यांकेटमा भएको बैठकका एजेण्डा यस्तो रहेको छः

–आन्तरिक समस्या समाधानबारे प्रस्ताव
–आन्तरिक पार्टी विवाद र विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष र अन्यको सम्बोधन
–अनुशासनको कारवाही
–अनुशासनको कारवाहीबारे आवश्यक निर्णय भइसकेपछि नेतृत्वकातर्फबाट विचार व्यक्त
– कार्ययोजना र कार्यक्रम
– विरोध कार्यक्रम
– संगठनात्मक कार्ययोजना
–कृष्ण बहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनयन
– अन्य समसामयिक प्रस्तावहरु

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds