पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूलाई निरन्तर अपमान गरेको बताएका छन्।
केन्द्रीय कमिटी बैठकलाई मंगलबार दिउँसो सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष दाहालले अपमानको विष पिउन सकेको बताएका छन्। “प्रचण्डलाई कुर्सीबाट हटाइएको छ। म भएको भए त्यो कुर्सीलाई ओलीको नजिक लगेर उनको कुर्सी सार्ने थिएँ। तर, उहाँले (दाहालले) अपमानको विष पिउन सक्नु हुँदोरहेछ”, नेता नेपालले भने, “धन्यवाद प्रचण्डजी ओलीबाट यति धेरै अपमानको विष पिउन सक्नुभयो।”
नेता नेपालले ओलीले कहिले पनि बैठक बस्न नचाहेको समेत बताए। ओलीले बैठक एकतर्फी स्थगित गरेका पनि उनले बताए। ओली बैठक बस्दाबस्दै उठेर हिँड्ने गरेको पनि नेता नेपालले स्मरण गरे। उनले बैठक बस्नका लागि निकै पापड बेल्नु परेको पनि बताए। साथै, ओलीले नेता, कार्यकर्तालाई कहिल्यै न्यायपूर्ण व्यवहार नगरेको बताए।
“सचिवालय बैठक बस्न प्रचण्डले निक्कै प्रयास गर्नुभयो। ओलीले जहिले पनि बैठकअघि शर्तै शर्त राख्नु भयो”, नेता नेपालले भने, “मेरो अपमान गर्न हटाउन खोजेको त होइन ? भन्नुभयो । बैठक बोलाउन ५ जनै बालुवाटार गयौं। उहाँले तोक लगाउँछु भनेर निकै हाँस्यास्पद जवाफ दिनुभयो।”
नेता नेपालले पूर्व पार्टी विघटन भइसकेकाले नआत्तिन कार्यकर्तालाई अपील गरे। “आत्तिनुपर्ने कुनै कारण छैन। हाम्रो पार्टीको धारा ६० मा स्पष्ट रूपमा लेखिएको छ। हामी अहिले पनि पार्टी फुटको पक्षमा छैनौं। उहाँले त पहिल्यै एमाले दर्ता गराउन लगाइसक्नुभएको छ।”
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ