तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवनको बुधबार शिलान्यास गरिएको छ ।
बुधबार पुर्वसभामुख तारानाथ रानाभाटले शिलान्यास गरेका हुन् । सो अवसरमा बोल्दै रानाभाटले भने ‘भवन तोकिएकै समयमा निर्माण सम्पन्न हुनुपर्छ ।’
उक्त भवन दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको गाउँपालिकाकी अध्यक्ष माया रानाले जानकारी दिईन । भवन १० करोड ३५ लाख ६९ हजार ८८४ रुपैयाँको लागतमा निर्माण हुन लागेको अध्यक्ष रानाले बताईन ।
भवन दुई चरणमा निर्माण सम्पन्न हुनेछ । चालु आर्थिक वर्षमा जमिन मिलाउने, नाली मिलाउने लगाएतका काम हुनेछ भने आगामी आवमा भवन, पार्क र गेट निर्माण हुने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।
उक्त भवन म्याग्दे-४ नारिङ्गेमा निर्माण गर्न लागिएको हो । गत २०७६ फागुन २७ को गाउँसभाले उक्त स्थानलाई गाउँपालिकाको केन्द्र र भवन निर्माण गर्ने निर्णय गरेको थियो ।
शिलान्यास कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष माया रानाले गरेकी थिइन् । त्यस्तै कार्यक्रममा गण्डकी प्रदेशका संसद डोबाटे विक, सरिता गुरुङ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, जिसस उपप्रमुख पवित्रा पौडेल, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, नेकपा प्रदेश कमिटि सदस्य अतिन्द्र केशरी न्यौपाने, नेपाली कांग्रेस तनहुँका कार्यबहाक सभापति जितप्रकाश आले लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो