काठमाडौं । प्रतिनिधिसभा विघटनका सन्दर्भमा मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन र इतर पक्षबीच मत विभाजित हुन पुगेपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय कार्यसमिति बैठकअघि आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल जुटेका छन् ।
पौडेलले आफू पक्षीय केन्द्रीय सदस्यसँग संवादमा जुटेका हुन् । काँग्रेस सभापति शेरबहादुर देउवा पक्षीय सदस्यहरू प्रधानमन्त्री ओलीको कदमलाई प्रतिवाद भन्दा अवसरका रुपमा उपयोग गर्नुपर्ने पक्षमा देखिएका छन् भने पौडल पक्षीय नेताहरु प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई उल्टाउन पार्टी सडक संघर्षमा जानुपर्ने पक्षमा मत राखेको पाइन्छ ।
पार्टी सडक संघर्षमा लैजान सभापति देउवालाई दबाब दिने रण्नीतिका साथ बिहान ११ बजेबाट अनमाननगरस्थिति आफ्नो सम्पर्क कार्यालयमा पौडेल पक्षीय केन्द्रीय सदस्यसँग छलफलमा छन् । पौडेल पक्षले छलफलमा एक मतका साथ केन्द्रीय समिति बैठक प्रस्तुत हुने नीति बनाउने बुझिएको छ ।
दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रधानमन्त्री ओलीले चालेको संसद विघटनको कदमविरुद्ध पार्टीलाई आन्दोलनमा लिनुपर्नेमा पौडेल पक्षको जोड छ ।
आजको बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने भनिएको छ । बुधबारको बैठकपछि संसद विघटनविरुद्ध देशभर प्रदर्शन प्रवक्ता विश्वप्रकाश शर्माले बताएका थिए ।
तर, कहिलेदेखि प्रदर्शन सुरु गर्ने र प्रदर्शनको स्वरुप कस्तो हुने भन्नेमा आजको बैठकले टुंगो लगाउने उनको भनाइ थियो
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ