प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर विस्तार गर्दा दावा लामा तामाङ युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । नवयुक्त खेलकुद मन्त्री लामा सिन्धुपाल्चोकका हुन् । उनी शुक्रबार बिहानैमात्र नेकपा विभाजनमा ओली पक्षमा खुलेका थिए ।
नवनियुक्त मन्त्रीहरुलाई शितलनिवासमा शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी थिइन् । प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए ।
खेलकुद मन्त्रीबाट विश्वकर्मा हटाइए
यसअघिका खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) पद मुक्त भएका छन् । विश्वकर्माको कार्यकालमा नेपालले गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजना गरेको थियो । विश्वकर्माकै कालमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएको थियो । सोही अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड गठन भएको थियो । राखेपको ७ सदस्यीय कार्यकारी समितिलाई पूर्णता दिन नपाउँदै विश्वकर्मा पद मुक्त भएका छन् ।
उनी दोस्रो पटक मन्त्रीमण्डल गठन हुँदा भएका थिए । तयसपछि सागका कारण पनि दर्जनौं पटक पुनर्गठन हुँदा उनलाई जिम्मेवारी दिइएकाले हटाइएको थिए । उनले जिम्मेवारी पनि पूरा गरे ।
प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा खेलकुद मन्त्री विश्वकर्मासंग भेट गरी अब निर्वाचनको काममा केन्द्रित हुन विश्वकर्मालाई अनुरोध गरेका थिए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ