चक्कु प्रहार गरी हत्या श्रीमानको हत्या गरें भन्दै महिला प्रहरी कार्यालयमा

चक्कु प्रहार गरी हत्या श्रीमानको हत्या गरें भन्दै महिला प्रहरी कार्यालयमा

chakku 1

रुकुम –  आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् ।

जिल्लाको मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार महिलाले आफ्नै श्रीमान चित्र बहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेकी हुन् । उनले चक्कु प्रहार गरी श्रीमानलाई मारेको छु भनि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा स्वंयम उपस्थित भई जानकारी गराए पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा  अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ