२१ दिनभित्र बक्यौक्ता रकम उपलब्ध गराउने सरकार र उखु किसानबीच सहमति

२१ दिनभित्र बक्यौक्ता रकम उपलब्ध गराउने सरकार र उखु किसानबीच सहमति

kisan-ra sarakar

काठमान्डौ – उखु किसान र सरकारबीच चार बुँदे समझदारी भएको छ । सोमबार उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम भुक्तान गराउने सहमति भएसँगै माइतीघर मण्डलमा आन्दोलनरत किसानहरूले धर्ना स्थगन गर्न तयार भएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार किसान प्रतिनिधिसँग भएको समझदारी पछि काठमाडौंमा जारी आन्दोलन स्थगन गर्न किसान प्रतिनिधि तयार भएका छन् । ‘किसानको बक्यौता रकम २१ दिन भित्र उद्योगीलाई उपलब्ध सहमति भएको हो । सो अवधिमा बक्यौक्ता रकम भुक्तान नभए कानुनी प्रक्रिया अघि बढाउने गरी सहमति सरकार र किसानबीच सहमति भएको हो ।

उखु किसानहरु दोस्रो पटक राजधानी केन्द्रित आन्दोलनमा उत्रिएपछि कुल ६५ करोड रुपैयाँ बराबरको बक्यौता रकममा हालसम्म ४० करोड रुपैयाँ भुक्तानी दिइसकेको उद्योगहरुले जनाएका छन् । बाँकी २५ करोड रुपैयाँ पनि भुक्तानीकै क्रममा रहेको छ । गत आवमा पनि यसरी नै उखु किसानहरू बक्यौक्ता रकम उठाइदिन सरकारलाई आग्रह गर्न काठमाडौं केन्द्रीत आन्दोलन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ