काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा जतिसक्यो छिटो प्रकाशन गर्ने तयारीअनुसार काम गरिरहेको जनाएको छ । हाल परीक्षार्थीहरुको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ ।
तर विद्यालयहरुले सिम्बोल नम्बरको क्रमअनुसार विवरण नपठाइदिँदा परीक्षा बोर्डका कर्मचारीहरु हैरान छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नतिजा कहिले आउँछ भन्न नसकिए पनि जतिसक्यो छिटो नतिजा प्रकाशन गर्ने गरी आफूहरुले काम गरिरहेको जानकारी दिए । बोर्डसँग जनशक्ति पनि प्रयाप्त नै भएको उनले बताए ।
‘सिम्बोल नम्बर सिरियली भएको भए फटाफट इन्ट्री गर्न सजिलो हुन्थ्यो । त्यसो नभएकाले दिनमै ४० हजार इन्ट्री गर्नेहरुले ५ हजार पनि इन्ट्री गर्न सकिरहेका छैनन्,’ प्रा.डा. पौडेलले भने, ‘त्यसैले कहिले सकिन्छ भनेर भन्नै नसकिने भयो । तर सकेसम्म छिटो काम सक्ने कोसिस गरिरहेका छौं ।’
यसअघि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेलले १५ पुसभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य रहेको बताएका थिए ।
शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण गरेर २२ मंसिरसम्म बोर्डको सम्बन्धित कार्यालयमा पठाइसक्नुपर्ने व्यवस्था थियो । बोर्डको प्रदेश र शाखा कार्यालयहरूले ती उत्तरपुस्तिकाको सम्परीक्षण गरेर केन्द्रमा पठाएका थिए ।
केन्द्रमा आएको प्राप्तांकमा कक्षा ११ को प्राप्तांक, आन्तरिक र प्रयोगात्मक परीक्षाको अंकसमेत जोडेर नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
सम्बन्धित खबर
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
लायन्सद्वारा बाढीपीडितका लागि १ करोड प्रारम्भिक सहयोग
नवलपरासीको गण्डक क्षेत्रमा शव भेटिन थाले, अहिलेसम्म ३५९ जनाको शव भेटियो
पृथ्वी राजमार्गमा यातायात ठप्प, सडकमा थुप्रिएको लेदो हटाउने काम जारी
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो