नवलपुरको दाउन्नेबाट लागुऔषध सहित एक व्याक्ति पक्राउ

नवलपुरको दाउन्नेबाट लागुऔषध सहित एक व्याक्ति पक्राउ

police-arrest

सांकेतिक तस्विर

नवलपुर – नवलपरासी (पूर्व), बिनय त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित सडकबाट १ सय एमएलको ५ सय १ पिस नियन्त्रित लागूऔषध फेन्सिडिल सहित चितवन भरतपुर महानगरपालिका गोन्द्राङ बस्ने ४० वर्षीय प्रशान्त खनाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले लु.१ ख ९९१७ नम्बरको बसलाई जाँच गर्दा उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ