प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा आधिकारिकताको दाबीसहित पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले निर्वाचन आयोगमा दिएको निवेदन रित नपुगेको भन्दै फिर्ता भएको दाबी गरेका छन् ।
ओलीले सूर्य चिह्न आफूहरूको नै हुने र नेकपा आधिकारिकताको फैसला चुनावमा जनताले गर्ने दाबी गरे ।
३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई शुक्रवार भर्चुअल सम्बोधन गर्ने क्रममा सहभागीले सोधेको एक प्रश्नको जवाफमा ओलीले निर्वाचन आयोगमा प्रचण्ड नेपालले पेश गरेको निवेदन रित नपुगेर फिर्ता भएको बताएका हुन् ।
‘आधिकारिक पार्टी कुन हुन्छ भन्ने कुरा मैले भनिसकें, हामी सडकमा गएर निर्णय गरेका छैनौं, विधिवत अगाडि बढेका छौं । यो पार्टी कसले अगुवाई गर्यो भन्ने कुरा बहस गरिराख्नुपर्छ र ?’ ओलीले भने, ‘सूर्य कसको हुन्छ ? २०४८ सालदेखि हामीले नै लिएको हो ।’
ओलीले निर्वाचन नै नलड्ने बताएको प्रचण्ड–नेपाल समूहलाई सूर्य किन चाहियो भनेर प्रश्न गरे । ‘उहाँहरु (प्रचण्ड–नेपाल पक्षका नेता) ले निर्वाचन आयोगमा निवेदन दिनुभएको रहेछ तर आयोगले उहाँहरुको निवेदन रित नपुगेको र अनुचित भनेर हिजो रद्द गरेर फिर्ता पठाइदियो,’ प्रधानमन्त्री ओलीले प्रवासी नेपालीहरुसँग भने, ‘आधिकारिक पार्टी हामी हौं भन्ने उहाँहरुको दाबी थियो, हिजो आयोगले यो अंग नपुगेको, व्यहोरा नपुगेको, कानुन उल्लेख नभएको, प्रमाण नभएको यस्तो खालको निवेदनको केहि अर्थ छैन भनेर फिर्ता पठाइदियो।’
‘किनभने हामी आधिकारिक पार्टी हौं, हामीसँगै चिन्ह र बहुमत छ किन जानुपर्यो?,’ उनले भने, ‘चुनावै नलड्नेहरु उहाँहरुलाई सूर्य चिन्ह किन चाहिएछ?’
ओलीले सूर्य चिह्न आफूहरूको हुने र पार्टी अधिकारिकताको फैसला जनता र निर्वाचनबाट हुने बताए ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु