कारकाे ठक्करबाट राजमार्ग छिचाेलिरहेकाे बाघ मर्‍याे

कारकाे ठक्करबाट राजमार्ग छिचाेलिरहेकाे बाघ मर्‍याे

Tiger death

कारको ठक्करबाट पूर्वपश्चिम राजमार्गकोझ बारा-जितपुर खण्डमा पाटेबाघको मृत्यु भएको छ। जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा१६ च ८११ नम्बरको कारले बिहान सवा ७ बजे ठक्कर दिएको हो।

बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा कारले बाघलाई ठक्कर दिएको हो।

कार हेटौंडाबाट सर्लाही जाँदै थियो। ठक्करबाट बाघको घटनास्थलमै मृत्यु भएको छ। कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको पंगेनीले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ