पोखरा जेसिजको बर्ष २०२१ को नयाँ कार्यसमितिको पदस्थापन गरिएको छ । कार्यक्रममा बर्ष २०२० का अध्यक्ष शिव प्रसाद सापकोटाले बर्ष २०२१ का अध्यक्ष ई. किरण केसीलाई पद हस्तान्तरण गरेका थिए।
नेपाल जेसीजका बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष सिनेटर अरूनेश्वर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता बर्ष २०२० का जेसीआई पोखराका अध्यक्ष शिवप्रसाद सापकोटाले गरेका थिए । कार्यक्रममा नेपाल जेसिजका पूर्व अध्यक्ष सिनेटर रबिन्द्र गुरूङ, नेपाल जेसिज ४८ औँ राष्ट्रिय महाधिवेशनका महाधिवेशन निर्देशक तथा पोखरा जेसीजका पुर्व अध्यक्ष सिनेटर नारायण शर्मा, पोखरा जेसीजका पुर्व अध्यक्षहरू, लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ नेपालका पूर्व गभर्नर ध्रुब बहादुर थापा, पोखरा लेडि जेसीज, लेखनाथ जेसीज लगायत छिमेकी शाखाहरूका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष सिनेटर अरूणेश्वर खनालले युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गरिरीसमाजको असल र जिम्मेवार नागरिक बनाउनु नै जेसीजको उद्देश्य रहेको बताए ।
वक्ताहरुमा नेपाल जेसीज क्षेत्र ख का निरूपित राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष भोजराज चापागाइँ, नेपाल जेसीजको ४८ औँ राष्ट्रीय महाधिवेशन निर्देशक सिनेटर नारायण शर्मा, बर्ष २०२० का पोखरा जेसीजका अध्यक्ष शिब प्रसाद सापकोटा लगायतले बोलेका थिए ।
उक्त कार्यक्रममा बर्ष २०२१ का पोखरा जेसीजका अध्यक्ष ई. किरण केसीले यस बर्ष ‘युवा नेतृत्व-दर्शनलाइ बास्तविकतामा रुपान्तरण गर्दै’ नारा स्वरुप आगामी ५ बर्षिय कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वर्ष २०२० को सम्पूर्ण गतिविधी तथा बर्ष २०२१ को बार्षिक कार्ययोजना समेटेर तयार पारिएको स्मारिका लिडर २०२ को बिमोचन तथा पोखरा जेसीजले आतिथ्यता गर्ने नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक वेबसाइटको उद्घाटन प्रमुख अतिथी खनालले पहिलो महाधिबेशन सहभागिको रुपमा दर्ता गरी गरिएको थियो ।
कार्यक्रममा संयोजक जेसी बिनोद भुजेलले स्वागत तथा महासचिव भाईराज रानाले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस