प्रधानमन्त्री केपी ओलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहलाई विस्तारै कार्यकर्ताले छोड्ने बताएका छन्। आइतबार राजधानीमा आयोजित भेलामा युवा विद्यार्थीलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्रीले पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा छुट्टै समूह बनाएर आन्दोलन चर्काइरहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालतर्फ लक्षित गर्दै यस्तो बताएका हुन्।
प्रचण्ड–नेपाल समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा ‘हामी यता छौँ’ लेखिएको ब्यानर छातीमा टाँसेर बसेको प्रति व्यङ्ग्य गर्दै पार्टीमा फर्किन आग्रह गरेका हुन्। उनले पार्टीमा फर्किएपछि ‘हामी फेरि यहाँ छौँ’ भनेर लेख्न सक्ने बताए।
‘आज दुनियाँलाई थाहा भो आजकाल तपाईंहरु माइतीघर मण्डलामा हुनुहुन्छ। मण्डलामा किन बस्नुहुन्छ ? यत्रो महान् पार्टी छ आउनुहोस्’, ओलीले भने, ‘मरेकालाई उपियाँले छोडेजस्तो कार्यकर्ताले तपाईंहरुलाई छोड्नेछन्। हामी यहाँ छौँ होइन। म यहाँ छु भनेर लेख्नु पर्नेछ तपाईंहरुले। हामी भन्ने शब्द हराएर म यहाँ छु लेख्नु पर्छ। किन त्यो अवस्थामा पुग्नुहुन्छ ? फेरि पार्टीमा आउनुहोस्। हामी फेरि यहाँ छौँ भनेर लेख्नुहोस्।’
ओलीले गल्ती कमजोरी सच्याएर र स्वार्थी प्रवृत्ति त्यागेर पार्टीमा आउन आह्वान गरे। ‘गल्ती कमजोरीका बाबजुत हामीसँग आउनुहोस्। तपाईंहरुका स्वार्थी प्रवृत्ति त्यागेर आउनुहोस्।
तपाईंहरुका छटपटी के मा छन् सबैलाई थाहा छ। त्यस्ता छटपटी छोडेर आउनुहोस्’, ओलीले भने, ‘तपाईंहरुका कुर्सी यथावत राखिएको छ। हामीलाई थाहा छ, तपाईंहरुलाई कुर्सीको पिर छ। कुर्सी यथावत राखिएको छ, आउनुहोस्। आउनुभएन भने पनि यो अभियान अगाडि बढ्छ।’
सम्बन्धित खबर
गण्डकी र बागमतीका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
भद्रगोलबीच रास्वपाका १३ सय ५२ प्रतिनिधिले गरेनन् मतदान
विद्यार्थीले आन्दोलन थालेपछि शिक्षामन्त्रीले भने– कक्षा १२ को नतिजामा त्रुटि छैन
‘प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस्’
ग्रिनेड पड्किँदा सैनिक हवल्दारको मृत्यु, एक घाइते
रास्वपाका नेता, कार्यकर्ता महाधिवेशन नसकिँदै चितवन छाड्न थाले, महाधिवेन भद्रगोल
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्