प्रधानमन्त्री केपी ओलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहलाई विस्तारै कार्यकर्ताले छोड्ने बताएका छन्। आइतबार राजधानीमा आयोजित भेलामा युवा विद्यार्थीलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्रीले पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा छुट्टै समूह बनाएर आन्दोलन चर्काइरहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालतर्फ लक्षित गर्दै यस्तो बताएका हुन्।
प्रचण्ड–नेपाल समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा ‘हामी यता छौँ’ लेखिएको ब्यानर छातीमा टाँसेर बसेको प्रति व्यङ्ग्य गर्दै पार्टीमा फर्किन आग्रह गरेका हुन्। उनले पार्टीमा फर्किएपछि ‘हामी फेरि यहाँ छौँ’ भनेर लेख्न सक्ने बताए।
‘आज दुनियाँलाई थाहा भो आजकाल तपाईंहरु माइतीघर मण्डलामा हुनुहुन्छ। मण्डलामा किन बस्नुहुन्छ ? यत्रो महान् पार्टी छ आउनुहोस्’, ओलीले भने, ‘मरेकालाई उपियाँले छोडेजस्तो कार्यकर्ताले तपाईंहरुलाई छोड्नेछन्। हामी यहाँ छौँ होइन। म यहाँ छु भनेर लेख्नु पर्नेछ तपाईंहरुले। हामी भन्ने शब्द हराएर म यहाँ छु लेख्नु पर्छ। किन त्यो अवस्थामा पुग्नुहुन्छ ? फेरि पार्टीमा आउनुहोस्। हामी फेरि यहाँ छौँ भनेर लेख्नुहोस्।’
ओलीले गल्ती कमजोरी सच्याएर र स्वार्थी प्रवृत्ति त्यागेर पार्टीमा आउन आह्वान गरे। ‘गल्ती कमजोरीका बाबजुत हामीसँग आउनुहोस्। तपाईंहरुका स्वार्थी प्रवृत्ति त्यागेर आउनुहोस्।
तपाईंहरुका छटपटी के मा छन् सबैलाई थाहा छ। त्यस्ता छटपटी छोडेर आउनुहोस्’, ओलीले भने, ‘तपाईंहरुका कुर्सी यथावत राखिएको छ। हामीलाई थाहा छ, तपाईंहरुलाई कुर्सीको पिर छ। कुर्सी यथावत राखिएको छ, आउनुहोस्। आउनुभएन भने पनि यो अभियान अगाडि बढ्छ।’
सम्बन्धित खबर
स्वास्थ्य बीमामा राष्ट्रसेवक आबद्ध गराउन स्वास्थ्य मन्त्री पौडेलको पहल
पाँचौँ आदिवासी जनजाति चलचित्र महोत्सवमा १९ चलचित्र
सुक्खा पहिरोले मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध
एसइईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
एसइई कायम राख्न मन्त्रालयको प्रस्ताव
पाल्पामा जीप दुर्घटना हुँदा जीपधनीसहित दुई जनाको मृत्यु, चालक घाइते
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने