तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषधसहित विभिन्न मुद्दामा फरार रहेका ९ जना पक्राउ गरेको छ ।
तनहुँ प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।
गत पुष १९ गते देखी विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सोही क्रममा लागुऔषध गाँजा मुद्दामा विगत दुई वर्ष देखी फरार रहेकी जिल्लाको व्यास नगरपालिका वडा नं १२ कमलबारी बस्ने ३९ वर्षीया तारा थापा मगरलिई प्रहरीले पक्राउ गरेको छ । मगरलाई तनहुँ जिल्ला अदालतको मिति २०७५ भदौ २६ गतेको फैसलाले १ वर्ष कैद र रु ५००० जरिवाना तोकेको थियो ।
त्यस्तै चोरी मुद्दामा फरार १ जना, सवारी ज्यान १ जना, कुटपिट ३ जना, जालसाजी १ जना सार्वजनिक अपराध १ जना र गाली बेईजतीमा १ जना गरी ९ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरुबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
तोकिएको १ वर्ष १ दिन कैद र रु १ लाख ७५ हजार २९० जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु