लागुऔषधसहित विभिन्न मुद्दामा फरार रहेका ९ जना तनहुँ प्रहरीद्वारा पक्राउ

लागुऔषधसहित विभिन्न मुद्दामा फरार रहेका ९ जना तनहुँ प्रहरीद्वारा पक्राउ

aparadh-pakrau

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषधसहित विभिन्न मुद्दामा फरार रहेका ९ जना पक्राउ गरेको छ ।

तनहुँ प्रहरीले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।

गत पुष १९ गते देखी विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोही क्रममा लागुऔषध गाँजा मुद्दामा विगत दुई वर्ष देखी फरार रहेकी जिल्लाको व्यास नगरपालिका वडा नं १२ कमलबारी बस्ने ३९ वर्षीया तारा थापा मगरलिई प्रहरीले पक्राउ गरेको छ । मगरलाई तनहुँ जिल्ला अदालतको मिति २०७५ भदौ २६ गतेको फैसलाले १ वर्ष कैद र रु ५००० जरिवाना तोकेको थियो ।

त्यस्तै चोरी मुद्दामा फरार १ जना, सवारी ज्यान १ जना, कुटपिट ३ जना, जालसाजी १ जना सार्वजनिक अपराध १ जना र गाली बेईजतीमा १ जना गरी ९ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरुबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

तोकिएको १ वर्ष १ दिन कैद र रु १ लाख ७५ हजार २९० जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ