काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओलीले बाटोमा हिँडिरहेकालाई समेत केन्द्रीय सदस्य बनाउन थालेपछि मानिसहरु बालुवाटारको बाटो हिँड्नै छाडेको भन्दै व्यङग्य गरेका छन् ।
सोमबार राजधानीमा आयोजित बृहत् नागरिक भेलालाई सम्बोधन गर्दै नेपालले ओली गणतन्त्रप्रति चिन्तित नरहेको समेत आरोप लगाए । नेपालले प्रधानमन्त्री केपी शर्मा आफ्ना आसेपासेलाई चलाउन खप्पिस रहेको टिप्पणी गरेका छन् । कसैले ‘बा’ भनेर सम्बोधन गरिदिए मख्ख पर्ने बानी ओलीमा रहेको पनि उनको भनाइ छ । ‘केपी ओलीलाई मख्ख पार्नुपरेमा बा भनेपुग्छ । उहाँ आसेपासे चलाउन खप्पिस हुनुहुन्छ,’ उनले भने ।
नेपालले विरोधीलाई तह लगाउन ओलीले गुप्तचर र सम्पत्ति शुद्धीकरण विभागलाई आफू मातहत राखेको आरोप समेत लगाए । निर्वाचन आयोगले आफूहरुलाई नै आधिकारिकता दिने बताए । ‘निर्वाचन आयोगले कुनै व्यक्तिको लहडमा नचल्ने बताएको छ । आयोगले ४४१ जनाको केन्द्रीय कमिटी र पार्टीको विधानअनुसार निर्णय गर्नेछ’, सोमबार राजधानीमा आयोजित बृहत् नागरिक भेलामा बोल्दै नेपालले भने ।
निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षलाई पठाएको पत्र बारे स्पष्ट पार्न उनीहरु आजै निर्वाचन आयोग पुगेका थिए । नेकपाको प्रचण्ड–माधव र ओली समूहले पार्टीको आधिकारीकताका लागि निर्वाचन आयोगमा दावी प्रस्तुत गरेका छन् । सोही बीचमा प्रचण्ड र नेपाललगायतका नेताहरु आयोग पुगेका थिए ।
आयोगबाट फर्किएलगत्तै बृहत् नागरिक भेलामा सहभागी भएका नेपालले ओलीले मदन भण्डारीको नाम बेस्कन बेचेपनि उनको विशेषता भने अनुशरण नगरेको आरोप लगाए।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान