तनहुँको भिमादबाट नदिजन्य पदार्थ अवैध रुपमा उत्खनन गर्ने एक्साभेटर र ७ टिप्पर नियन्त्रणमा

तनहुँको भिमादबाट नदिजन्य पदार्थ अवैध रुपमा उत्खनन गर्ने एक्साभेटर र ७ टिप्पर नियन्त्रणमा

Tipper Rokiyo Vyas-1

फाइल तस्बिर ।

तनहुँ । नदिजन्य पदार्थ अवैध रुपमा उत्खनन् गर्दै गरेको अवस्थामा तनहुँको भीमाद नगरपालिकाबाट एउटा स्काभेटर र ७ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत सोमबार भीमादको वडा नं. ५ स्थित पानटनखोला किनारमा उत्खनन् गर्दै गरेको बा२क ८६९३ नं. को एक्साभेटर प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै, नदिजन्य पदार्थ ओसार पसार गर्दै गरेका ग१क ४६०२, ग१क ३२४९, ग१क ४६०१, ग१क ३३४३, ग१क ४८०४, ग१क ४५९६ र ग१ख ९१२० गरी जम्मा ७ वटा टिप्परहरुलाई इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

नियन्त्रणमा लिइएका सवारी साधनलाई प्रहरीले भीमाद नगरपालिकालाई बुझाएको थियो । नगरपालिकाले ती सवारी साधनबाट एक लाख सत्तरी हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै सोहिदिन व्यास नगरपालिका वडा नं. १ गल्फुवेशीमा अबैध नदिजन्य पदार्थ लोड गरी हिडेको ना८ख ३५०७ नं. को टिप्परलाई पनि जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले नियन्त्रणमा लिएको छ ।

उक्त टिप्परलाई व्यास नगरपालिकाको कार्यालय पठाइएकोमा उक्त कार्यालयले दश हजार जरिवाना गराएको प्रहरी नायव उपरीक्ष तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ