राष्ट्रपतिद्वारा माघी पर्वले सांस्कृतिक एकता सुदृढ बनाउने विश्वास व्यक्त

राष्ट्रपतिद्वारा माघी पर्वले सांस्कृतिक एकता सुदृढ बनाउने विश्वास व्यक्त

bidyadevibhandari

राष्ट्रपति विद्यादेवि भण्डारीले माघे सङ्क्रान्ति पर्वले नेपालका सबै जातजाति र समुदायका नागरिकबीच आपसी मेलमिलाप र सद्भाव बढ्ने बताउनुभएको छ ।

माघे सङ्क्रान्तिको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले पर्वले सामाजिक–सांस्कृतिक एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दिवसको अवसरमा शुभकामना दिँदै नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक विविधताकाबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले पर्वहरुको विविधता नै देशको सम्पत्ति भएको भएको बताउनुभयो । संवैधानिक व्यवस्था र नीतिले देशको सांस्कृतिक एवं धार्मिक विविधतालाई संरक्षण गरेको उहाँको भनाइ छ । पर्वको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ