जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाको विवादले देश दुर्घटनाको संघारमा पुगेको भन्दै यस्तो बेला पनि प्रचण्ड-नेपाल समूहले ओलीलाई कारबाही नगर्नु शंकास्पद भएको बताएका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई कित्ता क्लियर गर्न भट्टराईले आग्रह गरे । सांसद तथा काठमाडौं कांग्रेसका पूर्वसभापति भीमसेनदास प्रधानले आयोजना गरेको अन्तर्क्रियामा भट्टराईले प्रतिनिधिसभा विघटनमा ओली विदेशी शक्तिको प्रभावमा परेको भन्दै त्यस्तो बुझेर पनि कारबाही नहुनुलाई सन्देहास्पद भनेका हुन् ।
“केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्नु हुन्न ? तपाईंहरूले कित्ता क्लियर गर्नुस्,” भट्टराईले भने, “तपाईंहरू अझै पनि सत्तामा जान खोजिरहनुभएको त होइन ? हामीलाई मात्र होइन यसमा कांग्रेसलाई पनि आशंका छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले उनले प्रचण्डको बोलीको भर नहुने भन्दै उनीमाथि विश्वास पनि गर्न नसकिने बताए ।
“प्रचण्डले बिहान बोलेको कुरा बेलुकी सम्झनुहुन्न, त्यसैले उहाँको भर पनि हुन्न,’ भट्टराईले भने । उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै शान्तिपूर्ण आन्दोलनमा पनि रहेको बताए । “अदालतबाट प्रतिनिधिसभा पुन:स्थापना नहुने र बाहिरी हस्तक्षेप बढ्दै जाने हो भने हातमा दही जमाएर बस्न सकिँदैन,” उनले भने, “बाहिरी हस्तक्षेप भए रामनाम जपेर बस्दैनौं । त्यस्तो स्थिति नआओस् ।”
कांग्रेसले आन्दोलनको नेतृत्व लिनुपर्छ
भट्टराईले संविधानमाथि आएको संकटलाई बचाउन कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्ने समय आएको बताएका छन् । कांग्रेसले आन्दोलनको नेतृत्व गर्नुपर्नेमा ढुलमुले नीति लिएको उनको आरोप छ । “चुनाव भइहाल्छ, लोकतान्त्रिक पार्टी चुनावबाट कहाँ भाग्ने भनेर नेपाली कांग्रेसले भनिरहेको छ । यो चुनाव हुनेवाला छैन,” कांग्रेसलाई आन्दोलनमा आउन प्रोत्साहित गर्दै भने, “पहिले संविधान ट्र्याकमा ल्याउनुपर्यो । त्यसपछि लाभ लिने त कांग्रेसले नै हो ।”
प्रतिनिधिसभा पुन:स्थापनाका लागि संयुक्त आन्दोलन गर्न उनले प्रस्ताव गरे । उनले जसपा आन्दोलनमा रहेको भन्दै कांग्रेस र प्रचण्ड-माधव समूहलाई संयुक्त आन्दोलनका लागि आग्रह गरे । “कांग्रेसले ढुलमुले नीति छाडोस् र प्रचण्ड-नेपाल समूहले पनि कित्ता क्लियर गरुन्,” उनले भने, “ जसपा आन्दोलनमै छ । संयुक्त आन्दोलन गरौं ।”
सर्वोच्चबाट संविधानका धारामा टेकेर मात्र फैसला नआउने सक्ने भन्दै उनले त्यसविरुद्ध संविधानरक्षाका लागि संघर्षकै बाटो रोज्नुपर्ने बताए । “सर्वोच्चले पुन:स्थापना गरिदिए समस्या त्यही समाधान हुन्थ्यो । तर, त्यस्तो हुन्छ भनेर ढुक्क भएर बस्न सक्ने अवस्था छैन,” भट्टराईले भने, “न्यायाधीश भनेका पनि मानिस नै हुन् । ओलीले जसरी धम्क्याइरहेका छन् त्यसले सेटिङ छ, भन्ने देखाउँछ ।” अदालतसमेत सेटिङबाट प्रभावित हुने अवस्था आयो भने संघर्षबाहेक अर्को बाटोबाट लोकतन्त्रको रक्षा नहुने भट्टराईको दाबी छ ।
बाहिरी हस्तक्षेप भएमा रामनाम जपेर बस्दैनौं
प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक भएको जिकीर गर्दै डा. भट्टराईले अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना नभए र बाहिरी हस्तक्षेप बढ्दै गए चुप लागेर नबस्ने चेतावनी दिए । ‘हामी शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं । बाहिरी हस्तक्षेप भएमा रामनाम जपेर बस्दैनौं,’ उनले भने ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली वामपन्थीको खोल ओढेर चरम सामन्तवादतर्फ अग्रसर भएको आरोप लगाए । ओली नवफाँसीवादको अभ्यास गर्दै अघि बढेको भट्टराईले आरोप लगाए । प्रधानमन्त्री ओलीले राज्यका सबै अंगलाई धम्क्याइरहेको भन्दै भट्टराईले अदालतसमेत परीक्षाको घडीमा रहेको बताए ।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’