८७ वर्षीया बृद्धालाई जबर्जस्ती गर्ने तनहुँका झविलाल पोखरामा पक्राउ

८७ वर्षीया बृद्धालाई जबर्जस्ती गर्ने तनहुँका झविलाल पोखरामा पक्राउ

balatkaari ramesh

सतासी वर्षीया बृद्धा समेत यौन पिपाशुको शिकार हुनुपरेको छ । गत पुस १६ गते बिहान ८ बजेको समयमा पोखराकी एक बृद्धालाई करणी गर्ने उद्धेश्यका साथ जबर्जस्ती अनैतिक क्रियाकलाप गर्ने तनहुँ घर भएका पुरुष पक्राउ परेका छन् ।

तनहुँ घिरिङ गाउँपालिका १ स्थायी घर भई पोखरा महानगरपालिका १९ तल्लाकोट बस्ने ५० वर्षीय रमेश केसी भनेर चिनिने झबिलाल पोख्रेललाई पक्राउ गरिएको कास्की प्रहरीले आज सार्वजनिक गरेको छ ।

पोखरेललाई प्रहरीले सोहि दिन पक्राउ गरी जबरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ