पोखरा नगरबसमा बृद्धाको एक लाख चोरी गर्ने ३ भारतीय पक्राउ

पोखरा नगरबसमा बृद्धाको एक लाख चोरी गर्ने ३ भारतीय पक्राउ

3indianchor

पोखरा नगरबसमा चढेकी बृद्धाको एक लाख चोरी गर्ने तीन भारतीय नागरिकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार जोगवनी थाना घर भई पोखरा १० अमरसिंहचोक बस्ने २५ वर्षीय सुवास बञ्जाडा, २५ वर्षीया सीतादेवी तिवारी र २५ वर्षीय सोनु तिवारी रहेका छन् ।

गत माघ २ गते दिउँसो साढे २ बजेतिर पोखरा १४ चाउथेकी नारायणी सापकोटा नगर बस चढेर पोखरा सभागृहचोकतर्फ आउने क्रममा १ लाख रुपैंया ब्यागमा राखेकी थिइन् । माइक्रोमा रहेका तीन भारतीयले उनको पैसा चोरी गरेका थिए ।

उनको उजुरीपछि तत्काल रामबजार प्रहरीले खोजतसाल गर्ने क्रममा अमरसिंहचौरको मैदानमा शंकास्पद अवस्थामा ३ जना रहेको देखिएपछि उनीहरुलाई चोकजाँच गर्दा एक लाख एक हजार पाँच सय ७० रुपैंया फेला पारेको डिएसपी सुवास हमालले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ