नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २८ वर्षीया महिला र ६७ र ३२ वर्षीय २ पुरुषमा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो।
उक्त प्रजाति बेलायतमा देखिएको नयाँ भेरियन्ट लाइनएज बि.१.१.७ वा २०बि/५०१वाइ.भि वान भएको पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए। नयाँ प्रजातिको संक्रमण देखिएका तीनै जना पुस महिनामा बेलायतबाट नेपाल आएका थिए।
डा गौतमका अनुसार बेलायतबाट पुस १ गतेपछि नेपाल आएका २७७ जना मध्ये ६ जनामा गरिएको कोरोना परीक्षणमा एस जीन टार्गेट नेगेटिभ थियो। उनीहरुमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण हुनसक्ने आशंका गर्दै गत पुस २७ गते उनीहरुको नमुना विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ पठाइएको थियो ।
६ जनाको नमूना हङकङमा परीक्षा गर्दा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण देखिएको पुष्टि भएको हो । नयाँ प्रजातिको कोरोना संक्रमण देखिएका तीन जनाकै स्वास्थ्य अवस्था भने सामान्य भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा कोरोना नेगेटिभ भैसकेको र ६७ वर्षीया पुरुषमा कोरोना पोजेटिभ भएपनि कुनै लक्षण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरुमा नयाँ प्रजातिको कोरोना संक्रमण देखिएको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको रोकथामका लागि नेपालमा भ्याक्सिन उपलब्ध नहुँदासम्म कोरोना संक्रमणबाट बच्न विशेष सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ