पोखरामा फेरि लागु औषधसहित दुई जना पक्राउ

पोखरामा फेरि लागु औषधसहित दुई जना पक्राउ

pakrau

पोखरा : प्रहरीले लागूऔषध सहित पोखराबाट दुई जनालाई पक्राउ गरेको छ । पोखरा माहानगरपालिका वडा नं -१७  बस्दै आएका बिशाल राना मगर र  मिन रानाभाटलाई माग ५ (सोमबार) दिउसो अन्दाजी ३ बजेको समयमा पक्राउ गरेका हुन ।

पक्राउ पर्नेमा बर्ष २७ का बिशाल राना मगर स्थायी घर बाँके कोहलपुर र बर्ष २९ का मिन रानाभाट बर्दिया ठकुरद्वार रहेका छन् ।

हिमचुली मार्ग स्थित वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले मिन रानाभाटको कोठाबाट डाईजापाम थाना-१० एम्पुल, फेनरागन थाना-१० एम्पुल, नुफ्रिनुर थान-१०एम्पुल गरी जम्मा थान-३० एम्पुल, मोवाईल थाना-२(दुई) र नगद रु.१८,०००/-(अठार हजार) फेलापारी निजलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ