तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध गाँजा सहित २ जना पक्राउ गरेको छ ।
गत मंगलबार बिहान अन्दाजी ११ बजेको समयमा जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ बेलचौताराबाट उदयपुर रौतामाई गाउँपालिका वडा नं. ३ बस्ने वर्ष १९ को बिजय राई र कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. १ बस्ने वर्ष २१ को आनन्द के.सी.लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुको साथमा रहेको झोला तथा शरिर चेकजाँच गर्ने क्रममा झोलाभित्र लुकाई ओसारपसार गर्दै गरेको १ किलो २५० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए ।
उक्त लागुऔषध गाँजा सहित पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट लागुऔषध गाँजा मुद्दा शिर्षकमा म्याद थप लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै गत मंगलबार दिउँसो जिल्लाको भानु नगरपालिका वडा नं. १ साजबोटे स्थितमा सोही स्थान बस्ने ६१ वर्षीय ओम बहादुर तिरुवाको साथमा रहेको नगद रु. १६ हजार ५० चोरी गरी भाग्दै गरेका दुई जनालाई प्रहरी पक्राउ गरेको छ ।
रामघाट-७ सर्लाही घर बताउने ५२ वर्षीय हर्क बहादुर तामाङ र आमभञ्ज्याङ-१ मकवानपुर घर बताउने ४७ वर्षीय दोर्जे लामालाई चोरी गरेको नगद सहित ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी चोरी मुद्दा शिर्षकमा म्याद थप लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते