२४ घन्टामा थप ३०२ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

२४ घन्टामा थप ३०२ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

deathh corona

File Photo

पछिल्लो २४ घण्टामा नेपालमा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ३ हजार ५४५ स्वाबको पीसीआर परीक्षण गर्दा १३३ महिला र १६९ पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म २० लाख ३५ हजार ३०१ जनाको आरटी पीसीआर परीक्षण भएको छ।

योसहित कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । जसमध्ये २ लाख ६३ हजार ३४८ जनाले कोरोना जितेका छन् । शुक्रबार थप ४८० जना डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ सय ८७ पुगेको छ । शुक्रबार थप ७ जनाको मृत्यु मन्त्रालयले पुष्टि गरेको छ। अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ छ । यस्तै १५८ जना क्वारेन्टिनमा छन् भने ३ हजार ६१४ जना आइसोलेसनमा छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ