काठमाडौं । नेपालमा पहिलो पटक अन्लाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्स लन्च गर्ने लक्ष्यका साथ स्थापित साथीमार्टले यसै वर्ष भदौ २९ गते राजधानीको बौद्धमा पहिलो आउटलेट सुरु गरेको पाँच महिना पूरा नहुँदै देशभर ६१ वटा आउट्लेट सञ्चालनमा ल्याएको छ ।
काकडभित्ता देखि धनगढीसम्मका प्रमुख शहरमा आउट्लेट सन्चालनमा ल्याउन सफल भएको साथीमार्टले हालसम्म सुपरमार्केटको अभ्यास नभएको अर्घाखाँची, जिरी, गल्छी, दार्चुला जस्ता विभिन्न ठाउँहरुमा उपभोक्ताहरुलाई ’सुपरमार्केट कल्चर’ सिकाउँदै अघि बढिरहेको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।
नेपालका गाउँदेखि शहरसम्म हजार आउट्लेटसहित अन्लाईन सपिङको सुविधा दिने लक्ष्य रहेको साथीमार्टमा कर्पोरेट अफिस र आउटलेटहरुमा गरि हालसम्म ३ सय ५० जना भन्दा बढिले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ।
साथीमार्टमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डका ग्रोसरी, सरसफाइका सामान, बेभरेज, स्न्याक्स, दुधजन्य उत्पादन, फ्रोजन खाद्य, उपहार, ब्रेकफास्ट आइटम लगायत विभिन्न सामग्रीहरु उपलब्ध भएको पोख्रेलले जानकारी दिए।
साथीमार्टले छिट्टै ‘ओ टु ओ’ कमर्स नेपालभरी अर्डर गरेकै दिन डेलिभरी सुविधासहित लन्च गर्ने तयारी भइरहेको जानकारी दिए । ‘अब जमाना स्मार्ट सपिङको’ नारा लिएको साथीमार्टले अनलाइन र अफलाइन(ओ टु ओ) दुवै सपिङमा प्राथमिकता दिएर काम गरिहेको बताइएको छ। साथीमार्टले नेपालका उत्पादनलाई विशेष प्राथमिकता दिने पोख्रेलले बताए।
बेरोजगार तथा नेपालमै बसेर केहि गर्न भन्ने सोच भएका युवाहरुलाई लक्षित गरि साथीमार्टले बिना लगानी व्यापार सुरु गर्न सकिने साथै रेफर एण्ड अर्न गर्ने गरि ’साथीमार्ट एफिलिट स्टार्टअप प्लान’ सुरु गरी यहि वर्ष कम्तिमा ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य राखेको पोख्रेलले बताए।
साथीमार्टको फेब्रुअरीमा मोबाइल एप आएसँगै नेपालभर अनलाइन अर्डर गर्न सकिने उनले बताए ।
नेपाली युवाले गरेको स्टार्टअप कम्पनी साथीमार्टबाट उपभोक्ताले सस्तो र सुलभ तरिकाले सपिङ गर्न पाउनुका साथै लाइफ टाइम डिस्काउन्ट कार्ड, गिफ्ट भौचर, मासिक सपिङ योजना, लक्की ड्र कुपन, देशविदेश भ्रमणको अवसर पाउने पोख्रेलले बताए।
विभिन्न स्थानमा साथीमार्टको फ्रेन्चाइज पार्टनर बन्न इच्छुकहरुलाई पनि प्रवर्द्धन गर्दै अगाडी बढेको पोख्रेलले जानकारी दिए। साधारण मार्ट वा पसलकै जति लगानीमा अनलाइन, अफलाइन रिटेल आउटलेट, डिस्ट्रिब्युटर्स लगायत चार तरिकाबाट मुनाफा हासिल गर्न सक्ने पोख्रेलको भनाइ छ।
साथीमार्टले हाललाई नि:शुल्क फ्रेन्चाइज प्रदान गर्दै आइरहेको पोख्रेलको दावी छ। फ्रेन्चाइज पार्टनर बन्नको लागि उपभोक्ताले साथीमार्टको अफिसियल वेबसाइट (saathimart.com) र सार्थमार्टको आधिकारी फेसबुक मार्फत अनलाइन निवेदन दिन सक्ने बताइएको छ।
पुराना एकल पसलको युग बिश्वब्यापी रुपमानै समाप्त हुँदै गएको भन्दै नेपालमा पनि चेन सुपरमार्केट सुरु हुने भएको र नेपालमा पनि ७० प्रतिशत ईन्टरनेट प्रगयोगगर्ता भइसकेको अबस्थामा डिजिटल मार्टको युग सुरु हुने साथीमार्टले बिश्वास लिएको छ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष