गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गलत भएको बताएको छ । प्रधानमन्त्री समृद्धिको बाटोमा अघि बढेको र राष्ट्रिय हितमा निरन्तर लागि परेको उनले दावी गरेको छ ।
गृह जिल्ला पुगेका मुख्यमन्त्री गुरुङले नेकपा राइनाश नगर कमिटीद्वारा नगरको वडा नं ५ तीनपिप्लेमा आज आयोजित नगरस्तरीय अगुवा कार्यकर्ता भेलामा मुख्यमन्त्री गुरुङले “ओली नेतृत्वको सरकारले वर्षौं वर्षसम्मको मिचेको देशको भू–भागसहितको नयाँ नक्सा बनाउने काम, भारतले लगाएको नाकाबन्दीमा देशलाई झुक्न नदिने, समृद्ध नेपाल निर्माणमा विभिन्न विकासका काम गर्न सफल भएको छ ।
आज समाजवादउन्मुख जनताको जनवादलाई आफ्नो निर्माणको, समृद्ध अभियानको सैद्धान्तिक, वैचारिक आधार मानेर काम गरिरहेको सरकार प्रगतिशील भएको मुख्यमन्त्री गुरुङको दावी गर्दै भने “तपाईहरुको सपना पूरा गर्ने सरकार यही छ, दायाँबायाँ भएको छैन ।” मुख्यमन्त्री गुरुङले गरीब दिनदुःखीको पक्षमा रहेको सरकार गिराउनेविरुद्ध लाग्न आग्रह गरेको छन ।
नेकपाका गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारी, केन्द्रीय नेता तथा संविधानसभा सदस्य टुका हमाल, डा भीष्मनाथ अधिकारीलगायतले मुलुकको विकास गर्ने ओली नेतृत्वको कम्युनिष्ट सरकार रहेकाले सबै यही समूहमा लागेर देशलाई सङ्कटमुक्त बनाउनुपर्नेमा जोड दिएका छन ।
–––
सम्बन्धित खबर
तनहुँमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
पोखरामा भानु जयन्ती विविध कार्यक्रम गरी मनाइँदै
भूतपूर्व सैनिक तथा प्रहरी संगठन पोखरामा भोज बहादुर
रेडियो अन्नपूर्ण “सम्झनामा आदिकवि” विशेष कविता वाचन सम्पन्न
र्यान्डम रिडर्समा तीर्थको हिउँको गीतको चर्चा
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा