तनहुँ । ब्यास नगरपालिकाले शुक्रबार आयोजना गरेको चौथो अल्ट्रा म्याराथनका लागि १४५ धावकले नाम दर्ता गरेका छन् । प्रत्येक वर्षको शहीद दिवसको अवसरमा आयोजना हुने अल्ट्रा म्याराथनका लागि बिहीबारसम्म १४५ धावकले नाम दर्ता गराएका हुन् ।
ब्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले नाम दर्ता गराएका धावकलाई बिहीबार नै रुटको बारेमा जानकारी दिनुका साथै अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । ब्यास नगरपालिका–५ मानुङदेखि ब्यास नगरपालिका–८ पुलिमराङसम्मको ४४ किमिदूरीको म्याराथनको तयारी लगभग पूरा भएको उनले बताए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७, रु ५५ हजार ७७ र सान्त्वना पाँच जनाले रु १६ हजार ७७ नगद पुरस्कार पाउनेछन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो ।
प्रथम, द्वितीय र तृतीय पुरस्कार राशिमा रु चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ प्राप्त गरेका थिए । धावकले नियम पालना गरे नगरेको जाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिनेछ ।
ब्यास नगरपालिका–४ ब्यास रेन्ज पोष्ट, ब्यास नगरपालिका–१० पिजनहिल खहरे, ब्यास नगरपालिका–७ पाथ्रा मन्दिर, ब्यास नगरपालिका–७ पातल सत्रसय, ब्यास नगरपालिका–८ रिस्ती सोतीबँेशी, ब्यास नगरपालिका–८ सुनपोखरी, ब्यास नगरपालिका–८ गाडापानी र ब्यास नगरपालिका–८ पुलिमराङमा चेकविन्दु स्थापना गरिनेछ ।
म्याराथन मानहुँकोट सिद्ध मार्गहुँदै अलँैचे–चापाघाट–अनशन चौतारी–सफा सडक–भोर्लेटार चोक– बैरेनी– दुम्सी– कलेस्ती– पाथ्रा– सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीबँेशी–बगुवा रिस्ती–बाहुन पोखराहुँदै पुलिमराङमा पुगेर सकिनेछ ।
गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जितेका थिए । उनले ४४ किमिदूरी दुई घण्टा ५९ मिनेटमा पार गर्नुभएको थियो । प्रतियोगितामा कालीकोटका देवराज महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय भएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु