सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा गरेपछि कास्की जिल्लामा पनि निर्वाचनको तयारी शुरू गरिएको छ ।
प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन कार्यालयले आसन्न निर्वाचनको तयारीस्वरुप मतदानस्थल सिफारिस, मतदाता नामावली अद्यावधिक दाबी विरोधका कार्यक्रम सञ्चालन तथा राजनीतिक दलसँग अन्तक्र्रियाका कार्यक्रम गरिएको कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले बताए ।
कास्कीमा विक्रम संवत् २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २ लाख ५५ हजार ४५४ मतदाता रहेकामा यसपटक ९ हजार ९४२ मतदाता बढेका छन् । मतदातामा पुरुषभन्दा महिलाको संख्या बढी छ ।
महिला १ लाख ४० हजार ७६१ र पुरुष १ लाख २४ हजार ३१ गरी दाबी विरोध अगाडि कूल मतदाता २ लाख ६५ हजार ३९६ छन् ।
५ स्थानीय तह रहेको जिल्लामा पोखरा महानगरपालिकामा दाबी विरोधअघि १ लाख ९८ हजार ६६३, माछापुच्छ्रेमा १८ हजार ६५४, अन्नपूर्णमा १८ हजार ३४९, मादीमा १६ हजार ४८७ र रुपा गाउँपालिकामा १३ हजार २४३ मतदाता छन् ।
कार्यालयले निर्वाचन तयारीस्वरूप माघ १६, १७ र १८ गते जिल्लाका ५ वटै स्थानीय तहको केन्द्रमा मतदाता नामावली उपर दाबी विरोधका कार्यक्रम सञ्चालन हुने जनाएको छ । मतदाता नामावलीमा त्रुटि सच्चाउने, दाबी विरोध गर्ने, दोहोरो नाम भएकालाई हटाउने र मृत्यु भएकालाई मतदाता सूचीबाट हटाएर अद्यावधिक मतदाता नामावली तयार गरिने कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । अन्तिम मतदाता नामावली निर्वाचन आयोगले फागुन पहिलो हप्ता प्रकाशित गर्नेछ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो