सरकारले आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा गरेपछि कास्की जिल्लामा पनि निर्वाचनको तयारी शुरू गरिएको छ ।
प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन कार्यालयले आसन्न निर्वाचनको तयारीस्वरुप मतदानस्थल सिफारिस, मतदाता नामावली अद्यावधिक दाबी विरोधका कार्यक्रम सञ्चालन तथा राजनीतिक दलसँग अन्तक्र्रियाका कार्यक्रम गरिएको कार्यालयका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले बताए ।
कास्कीमा विक्रम संवत् २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २ लाख ५५ हजार ४५४ मतदाता रहेकामा यसपटक ९ हजार ९४२ मतदाता बढेका छन् । मतदातामा पुरुषभन्दा महिलाको संख्या बढी छ ।
महिला १ लाख ४० हजार ७६१ र पुरुष १ लाख २४ हजार ३१ गरी दाबी विरोध अगाडि कूल मतदाता २ लाख ६५ हजार ३९६ छन् ।
५ स्थानीय तह रहेको जिल्लामा पोखरा महानगरपालिकामा दाबी विरोधअघि १ लाख ९८ हजार ६६३, माछापुच्छ्रेमा १८ हजार ६५४, अन्नपूर्णमा १८ हजार ३४९, मादीमा १६ हजार ४८७ र रुपा गाउँपालिकामा १३ हजार २४३ मतदाता छन् ।
कार्यालयले निर्वाचन तयारीस्वरूप माघ १६, १७ र १८ गते जिल्लाका ५ वटै स्थानीय तहको केन्द्रमा मतदाता नामावली उपर दाबी विरोधका कार्यक्रम सञ्चालन हुने जनाएको छ । मतदाता नामावलीमा त्रुटि सच्चाउने, दाबी विरोध गर्ने, दोहोरो नाम भएकालाई हटाउने र मृत्यु भएकालाई मतदाता सूचीबाट हटाएर अद्यावधिक मतदाता नामावली तयार गरिने कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । अन्तिम मतदाता नामावली निर्वाचन आयोगले फागुन पहिलो हप्ता प्रकाशित गर्नेछ ।
सम्बन्धित खबर
तनहुँमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
पोखरामा भानु जयन्ती विविध कार्यक्रम गरी मनाइँदै
भूतपूर्व सैनिक तथा प्रहरी संगठन पोखरामा भोज बहादुर
रेडियो अन्नपूर्ण “सम्झनामा आदिकवि” विशेष कविता वाचन सम्पन्न
र्यान्डम रिडर्समा तीर्थको हिउँको गीतको चर्चा
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा